नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
आज सूचना निकालेर प्राधिकरणले हावाहुरी, चट्याङ र वर्षाले विद्युत आपूर्तिमा समस्या आउने गरेको जनाएको छ । साथै विद्युत अवरोधलाई यथासम्भव छिटो समाधानका लागि काम गर्दै आएको दाबी पनि गरेको छ ।
उपभोक्ताको गुनासोका लागि प्रदेश तथा डिभिजन कार्यालयमा रहेका कल सेन्टरबाट आवश्यक काम भए/नभएको बुझ्न समिति बनाएको प्राधिकरणले जानकारी दिएको छ ।
कुनै ठाउँमा बत्ती गएमा ११५० हटलाईन नम्बरमा खबर गर्न पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ । बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध हुन थालेपछि प्राधिकरणको आलोचना हुँदै आएको छ ।