पाचन प्रक्रिया कसरी हुन्छ ?

होमपेज / जीवनशैली /
पाचन प्रक्रिया कसरी हुन्छ ?
  • रेडियो सुदूर सञ्चार
  • ९ जेठ २०८२ (१ बर्ष अघि)
  • ९२६

पाचन प्रक्रिया मुखदेखि सुरु हुन्छ। सबै प्रकारका खाने कुरालाई दाँतले टुक्रा पारेर मसिनो बनाउँछ। र्‍यालले खानालाई चिप्लो र नरम बनाउँछ।

जिब्रोले खानालाई चलाउने, स्वाद लिने र निल्ने कार्यमा मद्दत गर्दछ। हामीले खाएका खानेकुराहरू मुखबाट नरम भएर खानानली हुँदै आमाशयमा जम्मा हुन्छ।

आमाशयका ग्रन्थीहरूले विभिन्न रसहरू मिसाई स्वचालित रूपमा खानालाई मुछेर मसिनो बनाउँछन्। जसले गर्दा खाना सोस्न योग्य हुन्छ। आमाशयमा भएको अर्धझोल खाना डुडेनममा जान्छ।

डुडेनममा कलेजो र पित्तथैलीबाट उत्पन्न रस मिसिन्छ। यसले पनि खानालाई सोस्न योग्य बनाउँछ। त्यसपछि उक्त खाना सानो आन्द्राको बीच भागमा पुग्छ।

सानो आन्द्राको भित्ताहरूमा रहेको भिलाइले पौष्टिक तत्वहरू सोस्ने कार्य गर्दछ। त्यसपछि पौष्टिक तत्व रगतसँग मिसिन्छ । रक्तसञ्चारको माध्यमबाट शरीरको सबै भागमा पुग्छ। त्यसबाट शरीरले शक्ति प्राप्त गर्दछ।

अन्तिम अध्यावधिक: ९ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस