ट्रेण्डिङ

सरकार यहीँ रुपमा अघि बढे जनविद्रोह गर्ने प्रचण्डको चेतावनी

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ९ जेठ २०८२ (३ महिना अघि)
  • ३१०

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् । 

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण कार्यक्रम अन्र्तगत शुक्रबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जादा पनि सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका हुन् । 

उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खवरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यहि रुपमा अघि बढे बर्खापछि ठूलो जनबिद्रोह गर्ने चेतावनी दिए । बिगतमा पनि माओवादीले राखेका मुद्धाहरुलाई राज्यले गम्भीर रुपमा नलिदा १० बर्षे जनयुद्ध भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा गरेको कयौँ कामहरु अहिलेको सरकारले बिगारेको बताए । 

माओवादीलाई बलियो बनाउन पार्टीका सबै नेताहरु देश दौडाहमा हिडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दावी गरे । 

अन्तिम अध्यावधिक: ९ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस