ट्रेण्डिङ

किन चाहिन्छ भिटामिन ए ?

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • ९ जेठ २०८२ (३ महिना अघि)
  • १३५

भिटामिन ए चिल्लो पदार्थमा घुल्ने भिटामिन हो। यो आँखाका लागि नभई नहुने भिटामिन हो। लामो समयसम्म उपयुक्त मात्रामा यसको आपूर्ति नभएमा आँखामा नराम्रो असर पर्नुका साथै रतन्धोसमेत हुनसक्छ।

भिटामिन ए का स्रोतहरू

–    कलेजो, माछाको तेल, अण्डाको पहेँलो भाग

–    नौनी, दूध र दूधबाट बनेका परिकारहरू 
–    हरिया सागपातहरू जस्तै : कर्कलो, पालुंगो, सिस्नो, धनियाँ, मुलाको साग, रायोको साग 
–    पहेँला जातका तरकारी र फलफूलहरू जस्तै : गाँजर, पाकेको फर्सी,मेवा ।

भिटामिन ए का कार्यहरू

–    आँखाको दृष्टि क्षमतामा वृद्धि गर्छ।
–    नाक, कान, मुख, श्वासप्रश्वास प्रणाली तथा प्रजनन प्रणालीका तन्तुहरूलाई स्वस्थ राख्न सहयोग गर्छ।
–    आँखालाई स्वस्थ राख्छ।
–    शरीरलाई सूक्ष्म जीवाणुहरूको सङ्क्रमणबाट जोगाउँछ।
–    हाडको वृद्धिमा पनि सहयोग गर्छ।
–    छालालाई स्वस्थ र नरम राख्न सहयोग गर्छ।

अन्तिम अध्यावधिक: ९ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस