आईपीएल क्रिकेट : आज पन्जाब र दिल्ली खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १० जेठ २०८२ (२ हप्ता अघि)
  • १८२

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल जयपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

प्लेअफमा पुगिसकेको पन्जाब १२ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १३ खेलमा १३ अङ्क रहेको दिल्ली पाँचौं स्थानमा छ । दिल्ली यो सिजन प्लेअफ पुग्न असफल भयो ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)  सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित भएको छ । हारसँगै बेङ्गलुरुको १३ खेलमा १७ अङ्क भएको छ । बेङ्गलुरु तेस्रो स्थानमा झरेको छ । 

अन्तिम अध्यावधिक: १० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस