भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

होमपेज / घटना /
  • रेडियो सुदूर सञ्चार
  • १२ जेठ २०८२ (२ महिना अघि)
  • ३४०

कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि शनिबार राति कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन् । उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शिर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत धामीमाथि कुटपिट गरेका थिए । उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ ।

अन्तिम अध्यावधिक: १२ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस