आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब र बेङ्गलुरु खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १५ जेठ २०८२ (१ हप्ता अघि)
  • १२९

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् ।

फाइनल प्रवेशका लागि हुने यो खेल मुल्लनपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुने छ ।

बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । पन्जाब शीर्ष स्थानमा छ ।

गुजरात टाइटन्स र मुम्बई इन्डियन्सले भने भोलि इलिमिनेटरमा खेल्नेछन् ।

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस