ट्रेण्डिङ

कञ्चनपुर : मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृ*त्यु

होमपेज / दुर्घटना /
  • रेडियो सुदूर सञ्चार
  • १५ जेठ २०८२ (३ महिना अघि)
  • ३५८

कञ्चनपुर -

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-२ बाणी स्थित ४ नम्बर गल्ली नजिक भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको से २ त २५३ नम्बरको ट्याक्टर र बिपरित दिशा तर्फ जादै गरेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ बाणी शिबिर बस्ने २३ वर्षीय आशिक रानाको मुत्यु भएको छ।

ठोक्किएर गम्भिर घाईते भएका रानालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएकोमा बुधवार राती ९ बजे नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस