सरकारले सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा कोष स्थापना गर्ने र त्यसको लागि सरकारले विउ पुँजी विनियोजन गरेको जानकारी दिनुभयो ।
यस्तै सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राख्ने उहाँले जानकारी दिनुभयो ।