बेलौरी, कञ्चनपुर —
बेलौरी नगरपालिका–५ र ९ मा रहेका गरिब तथा विपन्न कृषक समूहका सदस्यहरूलाई लक्षित गरी बाख्रा वितरण गरिएको छ।
आइतबार जर्मन संस्थाको आर्थिक सहयोग र निड्स नेपालको आयोजनामा गरिब तथा विपन्न कृषक सदस्यहरुलाई बाख्रा/बाेका वितरण गरिएको हाे ।
बेलाैरी नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्य र वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चौधरीको विशिष्ट आतिथ्यमा उक्त बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हाे।
निड्स नेपालकाे प्राविधिक सहयोगमा दुई वडाका गरी विपन्न कृषक समूहका सदस्यहरूलाई आत्मनिर्भरता र जीविकोपार्जनको सशक्त माध्यमका रूपमा बाख्रापालनतर्फ उन्मुख गराउने उद्देश्यले कूल ४२ वटा बाख्रा र बोका वितरण गरिएको नगर प्रमुख पाेतीलाल चाैधरीले जनाए। जसमा दुवै वडाका कृषकहरूलाई बराबरी प्रतिनिधित्व दिइएको आयोजकले जनाएको छ।
नगरप्रमुख पोतीलाल चौधरीले भने, -
“विपन्न कृषकको जीवनशैली परिवर्तन गर्न हामी गाउँ टाेलमा पसेका छौँ। बाख्रापालन आय आर्जनको दिगो माध्यम बन्न सक्छ। उनलेे भने, बेलौरी नगरपालिकाले ‘एक घर, एक उद्यम’ लक्ष्यसहित यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नेछ।”
विशिष्ट अतिथि वडा अध्यक्ष लाल बहादुर चौधरीले यस्तो कार्यक्रमले विपन्न वर्गलाई सशक्त बनाउन योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा तालिम र प्रविधिको संयोजनसहित अझ प्रभावकारी कार्यक्रम ल्याउने आश्वासन दिए।
सहभागीहरुले स्थानीयस्तरमै सीधा लाभ पुग्ने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
निड्स नेपालका प्रतिनिधिहरूले वितरण गरिएको पशुहरूको नियमित स्वास्थ्य परीक्षण, प्राविधिक सल्लाह तथा पशुपालनसम्बन्धी तालिम पनि क्रमशः उपलब्ध गराइने जानकारी दिए।
कार्यक्रममा सहभागी कृषकहरूले यस्तो अवसरबाट आफूहरूमा आत्मबल, सीप र भविष्यप्रति विश्वास थपिएको जनाउँदै, वितरण गरिएको पशुपालनबाट आर्थिक उन्नति गर्ने अठोट गर्दै खुसी व्यक्त गरे ।,