२९ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • २० जेठ २०८२ (२ हप्ता अघि)
  • ४१६

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ ९० रुपैयाँ थियो ।  

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस