बेलाैरी : शान्ति माविमा चारकोठे भवनको शिलान्यास, मेयर चौधरीद्वारा पूर्वाधार विकासमा जाेड

होमपेज / पूर्वाधार / समाचार /
गुणस्तरीय शिक्षा र पूर्वाधार विकास अपरिहार्य : मेयर पाेतीलाल चाैधरी
  • चन्द्रिका चौधरी
  • २१ जेठ २०८२ (२ दिन अघि)
  • २५२

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर —

बुधबार बेलाैरी नगरपालिका वडा नं. ४ स्थित शान्ति माध्यमिक विद्यालयमा चारकोठे भवनको शिलान्यास गरिएको छ। 

विद्यालयको नयाँ संरचना निर्माणको सिलसिलामा आयोजित कार्यक्रममा नगरप्रमुख पोतीलाल चौधरी, वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकाल, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापा, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उल्लेख गर्दै शान्तिपुरमा निर्माण हुन लागेको नयाँ भवनले शिक्षण सिकाइको वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

उनले भने, “ शैक्षिक वातावरण संगै, आवश्यक पूर्वाधार निर्माणमा समेत नगरपालिका कटिबद्ध छ।” हामीले गुणस्तरीय  शिक्षा र भाैतिक पूर्वाधार विकासमा समेत जाेड दिइरहेका छाैं।

वडाध्यक्ष अर्जुन ढकालले वडा कार्यालयको समन्वयमा आउँदो दिनमा अझ धेरै शैक्षिक सुधारका योजना अघि बढाइने जानकारी दिए। उनले विद्यालयप्रति वडावासीको विश्वास र समर्थन रहने विश्वास व्यक्त गर्दै सामुदायिक विद्यालयलाई नमुना बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले विद्यालयमा बढ्दो विद्यार्थी संख्या र कक्षाकोठाको अभावलाई मध्यनजर गर्दै नयाँ भवनको आवश्यकता महसुस गरिएको बताए। “विगत केही वर्षयता हामी कक्षाकोठाको समस्याबाट जुधिरहेका थियौं,” उनले भने, “अब नयाँ भवन निर्माण भएपछि शिक्षण क्रियाकलाप थप सहज हुनेछन्।”
यसका लागि स्थानीय सरकार प्रमुख पाेतीलाल चाैधरी ज्यूलाई धन्यवाद।”

अन्तिम अध्यावधिक: २१ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस