नागरिकता विधेयकलाई यथाशीघ्र अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २३ जेठ २०८२ (१ हप्ता अघि)
  • ११५

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो चाँडो टुंगाउनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अत्यन्त संवेदनशील विषय भएकाले छिटो पारित गर्नुपर्नेमा जोड दिएका हुन्।

'यो अत्यन्त संवेदनशील विषय हो। विधेयकलाई चाँडो पारित गरेर जाऔँ । नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौं,'गृहमन्त्रीले भने।

बैठकमा  नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए । 

बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीसँग छलफल गरिने बताए।

अन्तिम अध्यावधिक: २३ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस