ट्रेण्डिङ

आज २०८२ साल जेठ २५ गते - राशिफल

होमपेज / राशिफल /
  • रेडियो सुदूर सञ्चार
  • २५ जेठ २०८२ (३ महिना अघि)
  • ३३०

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन मनोरञ्जनपूर्ण रहनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने देखिन्छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

वृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अधिक खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतका साथसाथै गोपनीयतामा पनि ध्यान पुर्याउनुहोला।

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ। घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

अन्तिम अध्यावधिक: २५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस