बेदकोटमा एक वर्षमै इन्धनमा १ करोड १९ लाख खर्च

होमपेज / समाचार /
सवारीसाधन मर्मतमा ६७ लाख
  • रेडियो सुदूर सञ्चार
  • २८ जेठ २०८२ (१ दिन अघि)
  • ४२७

कञ्चनपुर -

बेदकोट नगरपालिकाले इन्धनमा १ करोडभन्दा बढी रकम खर्च गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड १९ लाख ४ हजार ७ सय २३ रुपैयाँ इन्धनमा खर्च गरेको हो।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक प्रतिवेदन अनुसार इन्धनमा कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय ५२, कार्यालय प्रयोजनमा १० लाख १५ हजार ४५ रुपैयाँ, पदाधिकरी (जनप्रतिनिधि)का लागि १५ लाख र सार्वजनिक निर्माणमा ७९ लाख ५५ हजार ३ सय ५७ रुपैयाँ र अन्य सरकारी निकायमा १ लाख ५६ हजार ७ सय ६७ खर्च गरेको छ।

नगरपालिकाले सवारीसाधन मर्मतमा ६७ लाख ३१ हजार ६ सय ४९ रुपैयाँ खर्च गरेको छ। खर्च अर्थ मन्त्रालयबाट जारी कार्य संचालन निर्देशिका, २०७७ मा प्रति कर्मचारी मासिक १० लिटर सम्म इन्धन उपलव्ध गर्न सकिने व्यवस्था छ।

नगरपालिकाले पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने व्यवस्थित अभिलेख नराखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

इन्धन खर्चलाई प्रयोग गर्ने व्यक्ति र सवारी साधन समेत खुल्ने गरी पाम्समा प्रविष्टि गरी इन्धन तथा मर्मत खर्चको अभिलेख व्यवस्थित बनाउनुका साथै यस्ता खर्चमा मितव्ययीता अपनाउनु महालेखाले निर्देशन दिएको छ। 

अन्तिम अध्यावधिक: २८ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस