कञ्चनपुर : बेलाैरी नगरपालिकाकाे खानामा ६ लाख ४१ हजार र इन्धनमा ताेकिए भन्दा बढी खर्च

होमपेज / समाचार /
कञ्चनपुर : बेलाैरी नगरपालिकाकाे खानामा ६ लाख ४१ हजार र इन्धनमा ताेकिए भन्दा बढी खर्च
  • निरु चौधरी
  • १ असार २०८२ (७ महिना अघि)
  • २२२६

निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरपालिकाले आ.व ०८०/८१ काे खाना खाजा र सभा सञ्चालनमा ६ लाख ४१ हजार ७७ रुपैयाँ खर्च गरेको छ। विविध शिर्षक अन्तर्गत उक्त पालिकाले साे रकम खर्च गरेको हाे।

यसपटकको खाना खाजा र सभा सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा झण्डै ८ गुणा कम हाे। यसअघि उक्त पालिकाले ४७ लाख बराबरकाे रकम शिर्षकमा खर्च गरेको थियोे।

भने, इन्धन तर्फ ५१ लाख ७८ हजार २ सय ४३ रुपैयाँ खर्च भएको देखिन्छ। निर्देशिकाले तोकेको मापदण्ड अनुसार ३६ लाख ३४ हजार ३ सय ९३ रुपैयाँ खर्च हुनुपर्ने महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ। यसरी पालिकाले मापदण्ड भन्दा १५ लाख ४३ हजार आठ सय ५० रुपैयाँ बढी खर्च गरेको जनाएको छ।

यस्तै उक्त पालिकाले सवारी मर्मत तर्फ २८ लाख ५६ हजार तीन सय १७ रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदनअनुसार पालिकाले इन्धन र गाडी मर्मत गरी दुई शीर्षकमा कूल ८० लाख ३४ हजार ५ सय ६० रुपैयाँ खर्च गरेको छ। 

महालेखाले खर्च र मर्मतलाई मितव्यापी बनाउन तोकिएको ढाँचामा अभिलेखाङ्कन गरी अद्यावधिक गर्न समेत पालिकालाई सुझाएकाे छ।

अन्तिम अध्यावधिक: १ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस