बेलाैरीमा क्षयरोगमुक्त नेपाल घोषणा अभियानअन्तर्गत अभिमुखीकरण

होमपेज / समाचार /
  • निरु चौधरी
  • ४ असार २०८२ (२३ घण्टा अघि)
  • १३३

निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर  —

‘क्षयरोगमुक्त नेपाल घोषणा अभियान’ अन्तर्गत बेलौरी नगरपालिकामा पालिका स्तरीय समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

मंगलबार नगरपालिकाको सभाहलमा उक्त  कार्यक्रम सम्पन्न भएको हो।

बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख पोतीलाल चौधरीको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरिएको छ। 

नवगठित समितिबाट क्षयरोग विरुद्ध जनचेतना अभिवृद्धि, उपचारको पहुँच विस्तार, जोखिम न्यूनीकरण, निगरानी तथा मूल्याङ्कन लगायतका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले क्षयरोग न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताउँदै, “बेलाैरीलाई क्षयरोगमुक्त बनाउने हाम्रो साझा लक्ष्य हो,” भन्दै सबै पक्षलाई सहकार्य गर्न आग्रह गरे।

स्वास्थ्य शाखाका सिअहेब तथा कार्यक्रम सञ्चालक मानबहादुर चन्दले पालिकास्तरमा प्रभावकारी रणनीति र बहुपक्षीय समन्वयमार्फत मात्र क्षयरोगमुक्ति सम्भव हुने धारणा राखेका थिए। 

भने, कार्यक्रम संयोजक दिनेश प्रसाद भट्टले क्षयरोग मुक्त अभियानको लक्ष्य, योजना, कार्यविधि र भूमिकाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा नगरकार्यपालिकाका सदस्य, स्वास्थ्य संस्था प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूबीच क्षयरोगसम्बन्धी राष्ट्रिय नीति, पालिकाको दायित्व र समुदायको भूमिका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

अन्तिम अध्यावधिक: ४ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस