कालोपत्रे प्रकरण : स्थानीय बिरोधमा उत्रिए

होमपेज / पूर्वाधार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ६ असार २०८२ (५ घण्टा अघि)
  • १२०

कञ्चनपुर

कञ्चनपुरकोे भाँसी टकुलिया नाला सडक निर्माण कार्य गुणस्तहिन भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन्। संघीय सरकारले बेदकोट नगरपालिका ८ भाँसी नालादेखि टकुलिया खोलासम्म निर्माण गर्न लागेको कालोपत्रे सडक गुणस्तहिन भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन्।

संघीय शहरी तथा भवन निर्माण कार्यालय मार्फत ढल सहित कालोपत्रे सडक गुणस्तरिय नभएको भन्दै बिहीबारदेखि स्थानीयले निर्माण व्यवसायीको कामकाज ठप्प पारेर सडकमा उत्रिएका छन्। उनीहरुले निर्माण कार्यको शुरुवातमै सडक कमजोर बनाउन खोजिएको आरोप लगाएका छन्।

स्थानीय यज्ञराज जोशीले राज्यले लाखौैँ लगानी गरेको सडक निर्माण कार्य ठेकेदार र सम्बन्धीत निकायबाटै निर्माण कार्यमा गम्भिर नभएको दुखेसो पोखे।

जोशीले सडक निर्माणकै शुरुवातदेखि आफूहरुले गुणस्तरिय सडक निर्माण गर्न ठेकेदार र कार्यालयको ध्यानाकर्षण  गराएपनि सडक गुणस्तरिय बनाउने कार्यमा दुवै निकाय गम्भिर नभएपछि सडकमै आएर आन्दोलित भएको बताए।

‘सडकमा प्राईप हालेपनि भित्रतर्फ माटो हालेको भेटियो, ‘उनले भने, ‘पाईप पनि खुसिरहेको छ ।’ उनले नाला र सडकको लेबल समान भएको बताउँदै भत्किएको कल्र्भट मर्मत नगरेरै निर्माण गरिएको बताए । 

अर्का स्थानीय एव निर्माण सहजिकरण समिति संयोजक हिम्मत टमाटाले शुरुवाती चरणदेखि  निर्माण कार्यमा बदमासी भएको बताए। उनले गुणस्तहिन भएको भनेर पटक पटक निर्माण व्यवसायीलाई अवगत गराउँदा पनि वास्ता नराखेको बताए।

‘हामीमाथि अन्याय हुँदा बाध्य भएर आजदेखि काम रोकेका छौँ, ‘उनले भने, ‘सम्बन्धीत निकायबाट  गुणस्तरियताकोे विषयमा विश्वास नदिलाएसम्म काम निरन्तर रोक्छौँ ।’ उनले स्लेब भत्किएको त्यसलाई भत्काएर पुर्ननिर्माण गर्नुपर्ने भएपनि त्यसैमाथि मर्मत गरेको भन्दै खतरा हुने चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले असारे बजेट दोहन हुन नदिनेदेखि गुणस्तरिय सडक बनाउनुपर्ने माग अघि सार्दै आएका छन । गृहमन्त्री रमेश लेखककै वडामा सडक निर्माण कार्यमा बेतिथि हुँदा सम्बन्धीत निकायबाट चासो नदिएपछि आफूहरु बाध्य भएर आवाज उठाउनु परेको दुखेसो पोख्दै गुणस्तरिय सडक निर्माण नभए अख्तियार जाने चेतावनी दिएका छन्। 

उक्त सडक निर्माणको जिम्मा पाएको धुव्र कन्स्क्ट्रक्सन प्रालिका संचालक शंकर जोशीले कार्यालयबाट प्राप्त सम्झौता र मापदण्ड अनुरुप  सडक र ढलको काम भईरहेको बताए। उनका अनुसार ८५ लाखमा भ्याट बाहेक गत फागुनदेखि काम शुरुवात गरेको र प्राईमर हालेकै राती बर्षातले प्राईमर खुलेको बताए।

‘हामीले स्टमेट अनुरुप नै काम गरेका छौँ, ‘उनले भने, ‘गुणस्तर पनि छ, जमिन तलमाथि हुँदा सडक र ढलकोे लेबल मिलेका छैन्, अनि कल्र्भट पनि हाम्रै गाडीले निर्माणका क्रममा ठोक्कीएर केही भत्किएको होे, त्यो मर्मत भईसक्यो।’ कतै निर्माणका क्रममा देखिएका त्रृटी सच्याएर स्थानीयको सुझाव अनुरुप अघि बढ्ने जोशीको भनाई छ। सडकको काम अझै गर्न बाँकी रहेको बताउँदै  निर्माण कार्य गुणस्तरिय अनुरुप भईरहेको दावी गरेका छन्। 

अन्तिम अध्यावधिक: ६ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस