शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन हुने, ६० लाख बजेट विनियोजन

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ असार २०८२ (९ घण्टा अघि)
  • ३३

 कञ्चनपुर -

शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको २० औं नगरसभाले नीति, कार्यक्रम तथा बजेट पारित गर्दै प्रत्येक वडामा स्थानीय आवश्यकता र स्रोतअनुसार उद्यम स्थापना गर्ने निर्णय गरेको हो।

नगरवासीलाई स्थानीय स्तरमै स्वरोजगार बनाउन एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गर्न लागेको नगर प्रमुख रणबहादुर महराले बताए। ‘प्रत्येक वडाको स्थानीय स्रोत र सम्भावना हेरेर यो कार्यक्रम सञ्चालन हुनेछ,’ उनले भने, ‘युवाहरूलाई उद्यममा आकर्षित गर्नु र स्वरोजगार बनाउनु यस कार्यक्रमको मुख्य उदेश्य हो।’

विगतमा सीपमूलकमा धेरै लगानी गरेपनि स्पष्ट उपलब्धी नदेखिएकाले ‘एक वडा एक उद्यम’ कार्यक्रम ल्याइएको नगरपालिकाका उद्यम विकास शाखा प्रमुख धनबहादुर चौधरीले बताए।

‘विगतमा तालिममा लगानी धेरै गरेपनि देखिने उपलब्धी भएन, त्यसैले प्रत्येक वडामा घरेलु तथा साना उद्योग स्थापना गर्न लागेका हौं,’ उनले भने, ‘प्रत्येक वडाबाट १÷१ उद्योग छनौट गरेर पठाउन भनेका छौं, त्यसपछि कार्यक्रम सञ्चालन हुनेछ।’

मागको आधारमा घरेलु तथा साना उद्योग स्थापना गर्न अनुदान र प्रविधि सहयोग गरिने उनले बताए। उनका अनुसार एक वडा एक उद्यम कार्यक्रमका लागि ६० लाख बजेट विनियोजन गरिएको छ। 

अन्तिम अध्यावधिक: १२ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस