कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस ५ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाँटा बस्ने २२ वर्षीय भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको सोही ठाउँ वस्ने २७ वर्षका हरिश कुवर पक्राउ परेका हुन्।
यी दुबै जनालाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनीहरुकै घरबाट पक्राउ गरेको बताएको छ।