आज र भोलि १२ जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ असार २०८२ (१ दिन अघि)
  • ३०४

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज र भोलि भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भन्दै विशेष बुलेटिन जारी गरेको छ। 

उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी,डडेल्धुरा,डोटी,अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।

असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग,सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तदीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अन्तिम अध्यावधिक: १५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस