Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : जीपको ठक्करबाट एक युवकको मृ*त्यु

होमपेज / दुर्घटना / समाचार /
चालक प्रहरी नियन्त्रणमा
  • रेडियो सुदूर सञ्चार
  • १७ असार २०८२ (४ महिना अघि)
  • १८७६

कञ्चनपुर -

कञ्चनपुरमा जीपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार साँझ बेदकोट नगरपालिका–३ दैजी बजारमा सुपप्र०४००१ च ००१३ नम्बरको कुखुरा बोक्ने जीपले भीमदत्त नगरपालिका-४ गोबरियाका दिपक चन्द सवार इलेक्ट्रोनिक मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा संलग्न जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्दाजी ४१ वर्षीय चन्द विगत लामो समयदेखि दैजी बजारमा हार्डवयर पसल सञ्चालन गर्दै आएका थिए। #सत्यदृश्य

अन्तिम अध्यावधिक: १७ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस