सरकारलाई दिएको समर्थन भोलि फिर्ता लिन्छौं

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ असार २०८२ (६ घण्टा अघि)
  • १२९

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सरकारबाट समर्थन फिर्ता लिने प्रतिक्रिया दिएको छ । मुख्यमन्त्री शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री चौधरीलाई बर्खास्त गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, `मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाए । अब हामीले पनि संघ र प्रदेश सरकारलाई रहेको समर्थन फिर्ता लिन्ने निर्णय गरेका छौं ।´

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पनि संघ र प्रदेश सरकारहरुमा रहेको समर्थन फिर्ता लिने बताएका छन् । 

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सयुक्त सरकार छ ।

कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा भने पर्ने छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।

अन्तिम अध्यावधिक: १९ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस