गायक वैद्य र अभिनेत्री रायमाझीको सहकार्यमा आउँदै ‘बेहुली’

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • २० असार २०८२ (२ हप्ता अघि)
  • २३९

लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझीबीच सांगीतिक सहकार्य भएको छ । गायक वैद्यको नयाँ गीत ‘बेहुली’का लागि उनीहरूले सहकार्य गरेका हुन् ।

बिहीबार साँझ उक्त नयाँ गीतको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । पूरा भिडियो शनिबार सार्वजनिक गरिने गायक वैद्यले जनाएका छन् ।

गीतमा दुवै कलाकारलाई एकसाथ देख्न सकिने छ । गीतको छायांकनका केही दृश्यहरू केही दिनयता टिकटक र इन्स्टाग्राममा भाइरल समेत भइरहेका छन् ।

गायक वैद्य नेपाली सांगितिक उद्योगमा यथार्थपरक लय र संवेदनशील गीतहरूका लागि चिनिन्छन् । उनी युवामाझ निकै लोकप्रिय छन् । यता दिव्या रायमाझीले पछिल्लो वर्षदेखि नेपाली फिल्म तथा विज्ञापन क्षेत्रमा सक्रियता बढाउँदै आएकी छन् ।

‘बेहुली’ उनका लागि वैद्यसँगको पहिलो सहकार्य हो । गीतले विवाह, प्रेम र आधुनिक सम्बन्धका विषयवस्तु समेट्ने अपेक्षा गरिएको छ ।

अन्तिम अध्यावधिक: २० असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस