कञ्चनपुर -
कञ्चनपुरको भीमदत्तनगरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर भएको हो ।
शुक्रवार दिउँसो घरको आँगनमा रहेको बाल्टीको पानीमा उनी डुबेकी प्रहरीले जनाएको छ ।
पानीमा डुबेपछि बेहोस प्रियालाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।