नेपालले जित्यो पुरुष यु–१६ इस्ट जोन कपको उपाधि

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • २१ असार २०८२ (२ हप्ता अघि)
  • १५४

नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको छ । नेपाल सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। 

यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।

अन्तिम अध्यावधिक: २१ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस