पुनर्वास : मोटरसाइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृ*त्यु, तीन घाइते

होमपेज / दुर्घटना /
पुनर्वास : मोटरसाइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृ*त्यु, तीन घाइते
  • रेडियो सुदूर सञ्चार
  • २१ असार २०८२ (६ महिना अघि)
  • ४३०

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका-१ अंशुवर्मास्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोकिएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका-२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंह गम्भीर भाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

प्रहरीका अनुसार मोटरसाइकल चालक ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन्। महेन्द्र र गोविन्दको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। कालुको स्थानीय पोलिक्लिनिकमा उपचार जारी रहेको प्रहरीले बताएको छ।

अन्तिम अध्यावधिक: २१ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस