कञ्चनपुरमा ४ सय किशोरीलाई आत्मरक्षा तालिम

होमपेज / विविध / समाचार /
कृष्णपुर नगरपालिकाको बाणीका ४ सय किशोरीहरूलाई आत्मरक्षा तालिम
  • रेडियो सुदूर सञ्चार
  • २३ असार २०८२ (११ घण्टा अघि)
  • १००

कञ्चनपुर - 

कञ्चनपुरको कृष्णपुर नगरपालिका बाणीका ४ सय किशोरीहरूले आत्मरक्षा तालिम लिएका छन्। 

आइतबार एक कार्यक्रमका बीच १० दिने तालिमको समापन गरिएको छ । किशोरीहरू माथि हुने हिंसा न्यूनीकरण तथा रोकथामका लागि साथी संस्थाको सहयोगमा वाणी क्षेत्रका विद्यालयहरूका किशोरीहरूलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ। १० दिनसम्म सञ्चालन गरिएको आत्मरक्षा तालिममा प्रशिक्षक हिक्मत शाही, रेखा तिरुवा र गजेन्द्र लुहारले किशोरीहरूलाई हिंसाबाट बच्न विभिन्न सिपमूलक तथा चेतनामूलक ज्ञान दिएका छन् ।

असार ९ गतेबाट सञ्चालन भएको तालिमको आइतबार कृष्णपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर साउदले समापन गरेका हुन् । समापन कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष साउदले किशोरीहरूको आत्मरक्षाका लागि तालिम निकै उपयोगी भएकाले सहयोगी साथी संस्थालाई धन्यवाद व्यक्त गरेका छन्। उनले विभिन्न किसिमका हिंसाहरुबाट बच्न र बचाउन किशोरीहरुलाई आत्मरक्षाको तालिम सबै ठाउँमा आवश्यक रहेको बताए ।

समापन कार्यक्रमको सभापतित्व साथी संस्थाको निगरानी समूहका संयोजक रामनाथ योगीले गरेका थिए । कार्यक्रममा साथी संस्थाको सुदूरपश्चिम संयोजक पार्वती भण्डारी विशिष्ट अतिथि रहेका थिए । तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै हिंसा रोकथामका लागि नमुना अभ्यास देखाइएको थियो। साथै कार्यक्रम सहभागीहरुलाई हिंसा निवारणका लागि सन्देश लेखिएका टिसर्टहरू वितरण गरिएको छ ।

कार्यक्रममा सहभागी विशिष्ट अतिथि पार्वती भण्डारीले वडा अध्यक्ष लगायत सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै किशोरीहरूको आत्मरक्षा तालिम हिंसाबाट मुक्त तथा न्यूनीकरणमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। उनले कसैमाथि पनि अन्याय र हिंसा हुनु नहुने कुरामा जोड दिइन्। कार्यक्रममा शिक्षक अभिभावक स्थानीय हरू तथा प्रहरी हरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन साथी संस्थाको गोल परियोजनाका सामाजिक परिचालक कमलराज जोशीले गरेका थिए।

अन्तिम अध्यावधिक: २३ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस