पुनर्वासबाट लागूऔषधसहित एक जना पक्राउ

होमपेज / अपराध /
  • रेडियो सुदूर सञ्चार
  • २३ असार २०८२ (११ घण्टा अघि)
  • २४०

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ७ प ८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक कैलालीको धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने ३३ वर्षीय ईन्द्र ध्वज बम लागूऔषधसहित पक्राउ परेका हुन् ।

बमको साथबाट ७ सय मिलिग्राम लागूऔषध फेला पारी उक्त पदार्थ र मोटरसाईकलसहित उनलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अध्यावधिक: २३ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस