त्रिविकाे उपकुलपतिमा अर्याल नियुक्त

होमपेज / स्वास्थ्य/शिक्षा /
त्रिविकाे उपकुलपतिमा अर्याल नियुक्त
  • रेडियो सुदूर सञ्चार
  • २५ असार २०८२ (१ बर्ष अघि)
  • ४९१

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिश समितिले यही असार २३ गते प्रधानमन्त्री एवम् कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरेको थियो । समितिले वर्णानुक्रम अनुसार अहिलेका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिश गरेको थियो ।

उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिनुभएको राजीनामा गएको चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।

अन्तिम अध्यावधिक: २५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस