गुजरातमा पुल भत्किएर गाडी नदीमा खस्दा ९ जनाको मृ*त्यु, ६ घाइते

होमपेज / अन्तर्राष्ट्रिय / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ असार २०८२ (४ घण्टा अघि)
  • १२१

भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको मृत्यु भएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

वडोदराको बाहिरी भागमा रहेको माही नदीमा बनेको पुलको बीचको भाग भत्किएको हो । दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा कार र एउटा अटोरिक्सा नदीमा खसेका वडोदराका कलेक्टर अनिल धामेलियाले बताउनुभएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रशासन र स्थानीय प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य शुरू गरेका खबरमा उल्लेख छ । गुजरात सरकारले घटनाको जाँच गर्न आदेश दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल झन्डै ४० साल पुरानो थियो ।

अन्तिम अध्यावधिक: २५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस