बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका-१ को बन्साह नजिकै बेलौरीबाट महेन्द्रनगरतर्फ गइरहेको सुपप्र०२००१ख ९२९ नम्बरको बसको ठक्करबाट सोही ठाउँको गणेशपुुरकी ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको बताए । उनकाअनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बस चालक शुक्लाफाँटा नगरपालिका-१० झलारीका ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।