सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रवर्द्धन बोड सदस्यमा नियुक्त

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २७ असार २०८२ (६ घण्टा अघि)
  • ११७

कञ्चनपुर -

सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा  लगानी प्रवर्द्धन बोड सदस्यमा नियुक्त भएका छन् । युवा उद्यमी तेज बहादुर चन्द औद्योगिक तथा  लगानी प्रवर्द्धन बोड सदस्यमा नियुक्त भएका हुन् । 

कञ्चनपुर महेन्द्रनगर घर भएका उद्यमी चन्द केन्द्रीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तरगत औद्योगिक तथा  लगानी प्रवर्द्धन बोड सदस्यमा नियुक्त भएको जनाईएको छ । सम्भवत यो ईतिहासमै पहिलो पटक औद्योगिक तथा  लगानी प्रवर्द्धन बोड सदस्य सुदूरपश्चिमले पाएको कतिपय उद्योगी, व्यवसायीको बताएका छन् । 

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका  संचालक एंव कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य चन्दलाई देशकै औद्योगिक तथा लगानी प्रवर्द्धन बोडको जिम्मेबारी पाएको छ । युवा उद्यमी चन्दले सुदूर मात्रैै नभई देशकै औद्योगिक बृद्धि विकासका लागि भूमिका निर्वाह गर्न सक्ने दखत राख्ने क्षमतावान उद्यमी भएकाले उनलाई जिम्मेबारी दिएको मन्त्रालयले जनाएको छ । 

आफ्नै मातृभूमि सुदूरपश्चिममा केही औद्योगिक बृद्धि विकासका लागि राजधानी काठमाण्डौँ छाडेर केही बर्ष अघि कञ्चनपुर आएका युवा उद्यमी चन्दले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । आफुलाई दिएको जिम्मेबारी अनुरुप देशकोे औद्योगिक बृद्धि विकास गरेर स्वदेशमै रोजगारीका अवसर सृजनादेखि आर्थिक सम्बृद्धिका कार्यक्रम संचालन गर्ने युवा उद्यमी चन्दको संकल्प छ ।  

अन्तिम अध्यावधिक: २७ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस