कञ्चनपुर -
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक मोटरसाइकल दुर्घटना भएको हो। पश्चिमबाट पूर्व तर्फ आउदै गरेको शुक्लाफाँटा नगरपालिका-१० का ३८ वर्षीय ललितराज जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।
नेपाल प्रहरीले शुक्रवार राति उनले चलाएको लुम्बिनी प्रदेश ०३-००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। जोशीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।