Advertisement
Skip This
ट्रेण्डिङ

धनगढी : लक्ष्मी नारायण मन्दिरमा विशेष धार्मिक समाराेह सम्पन्न

होमपेज / कला संस्कृति / विविध /
विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना
  • निरु चौधरी
  • २८ असार २०८२ (३ महिना अघि)
  • ६१६

निरु चौधरी / बेलौरी, कञ्चनपुर

धनगढी उपमहानगरपालिका–४ स्थित लक्ष्मी नारायण मन्दिरमा शनिबार विशेष धार्मिक समारोह सम्पन्न भएको छ। विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा उक्त समारोह सम्पन्न भएको हाे।

कार्यक्रममा वेदपाठ, भजन–कीर्तन, प्रवचन, पूजा–आराधना, आरती र प्रसाद वितरण गरिएको थियो।
समारोहमा श्रद्धालुहरूको उत्साहजनक उपस्थिति रहेको बताइएको छ।

कार्यक्रमको सभाध्यक्षता महासंघका अध्यक्ष शिरोमणि कुमार ओझाले गरेका थिए। भने प्रमुख अतिथिकाे दीर्घामा १००८ स्वामी देबराज आचार्य रहेका थिए।

सभाध्यक्ष ओझाले धर्म र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक भएको बताए। “धार्मिक मूल्य नभएसम्म समाज दिशाहीन हुन्छ,” उनले भने।

स्वामी आचार्यले धर्मलाई जीवन दर्शनका रूपमा लिनु पर्ने बताए। “धर्म केवल पूजापाठ होइन, यो जीवन जिउने शैली हो,” उनले भने।

आरतीका बेला मन्दिर दीप र घण्टीको ध्वनिले गुञ्जिएको थियो। मन्त्र र भजनले वातावरणलाई भक्तिमय बनाएको थियो।

श्रद्धालु खकेन्द्र जैशीले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा आत्मिक शान्ति मिलेको बताए। “हाम्रो संस्कार बुझ्न यस्ता कार्यक्रम उपयोगी छन्,” जैशीले भने।

समाजसेवी सम्राट सिंहले यस्ता कार्यक्रम समाजका लागि प्रेरणादायी भएको बताए। उनले भने -“धर्म हाम्रो जीवनको आधार हो।”

पूजारीहरुले कार्यक्रमले धार्मिक चेतनामा नयाँ ऊर्जा थपेको बताए। “यस्तो सहभागिता दुर्लभ हुन्छ,”उनीहरूले भने।

अन्त्यमा आयोजकले सहभागी सबैलाई धन्यवाद दिदैं आगामी दिनमा अझ ठूला कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमले धर्म, संस्कार, एकता र समरसताको सन्देश दिएको सहभागीहरूको अनुभव थियो।

अन्तिम अध्यावधिक: २९ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस