भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा दुर्गेश थापाले ल्याएको गीत ‘जाने भए जाम माया’ले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।
यस गीतले सार्वजनिक भएको छोटो समयमै ग्लोबल ट्रेन्डिङमा पर्ने गीतको रेकर्ड कायम गरेको छ।
रिलिजको तीन दिनमै शनिबार यो गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको छ। यसअघि यति छोटो समयमै कुनै नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेका थिएनन्।
शनिबार यस गीतको भिडिओ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा १० औँ स्थानमा थियो भने आइतबार ३४ नम्बरमा छ।
बुधबार सार्वजनिक भएको ‘जाने भए जाम माया’ २४ घण्टा नपुग्दै युट्युबको ट्रेण्डिङमा परेको थियो। यस गीतले २४ घण्टामा सर्वाधिक हेरिने गीतको रेकर्ड समेत बनाइसकेको छ।
गीतले रिलिजको १९ घण्टामै यसअघि विष्णु माझीका नाममा रहेको रेकर्ड तोडेको थियो। त्यस्तै, रिलिजको २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत बनेको छ।
नेपालमा युट्युव ट्रेन्डिङको संगीतर्फको पहिलो नम्बरमा छ। टिकटकमा पनि यो गीत भाइरल यस गीतको भिडिओलाई हालसम्म ४५ लाख बढीपटक हेरिएको छ।