त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ : प्रचण्ड

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ३० असार २०८२ (६ दिन अघि)
  • ११९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले कीर्तिपुरको रङ्गशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरेकाे तर त्यही बेलामा सरकारबाट हट्नुपरेको बतउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रङ्गशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै तीन सय दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि मात्रै दुई सय दिनमा फ्लडलाइट र प्यारापिट निर्माणको काम सक्ने निर्णय भएको थियो ।

अन्तिम अध्यावधिक: ३० असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस