Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : विषालु च्याउ खाँदा एकैपरिवारका पाँच जना बिरामी

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३१ असार २०८२ (३ महिना अघि)
  • ३६१

कञ्चनपुर -

कञ्चनपुरको दोधाराचाँदनीमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँच जना बिरामी भएका छन् ।

दोधाराचाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित पाँच जना विषालु च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार बिरामी भएका हुन् ।

“भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भने, “पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।”

अन्तिम अध्यावधिक: ३१ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस