Advertisement
Skip This
ट्रेण्डिङ

शुक्लाफाँटामा सुनौलो तोप चरा फेला

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३१ असार २०८२ (३ महिना अघि)
  • ५१२

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष १८४ वटा सुनौलो तोप चरा अभिलेख भएका छन्।  जुलाई पहिलो साता गरिएको वार्षिक गणनाको क्रममा सो सङ्ख्यामा सुनौलो तोप चरा भेटिएका हुन । जसमा भाले ९२ वटा, पोथी ६९ र बच्चा २३ वटा रहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । 

यसै गरी, ११४ वटा सक्कली र १२२ वटा नक्कली गरी २३६ वटा गुँड भेटिएको जनाइएको छ । गत वर्ष निकुञ्जमा २१३ वटा सुनौलो तोप चरा अभिलेख गरिएको थियो ।

सङ्कटापन्न अवस्थामा रहेको यो प्रजातिका चराको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले निकुञ्ज र नेपाल पंक्षी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष सुनौलो तोप चराको गणना गर्दै आएको चराविद् हिरुलाल डंगौराले जानकारी दिए ।

विश्व प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा रहेको सुनौलो तोप चरा नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमामात्रै पाइने गरेका छन् ।

अन्तिम अध्यावधिक: ३१ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस