प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

होमपेज / समाचार /
प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग
  • रेडियो सुदूर सञ्चार
  • ३१ असार २०८२ (८ महिना अघि)
  • ३१८

कञ्चनपुर -

कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक सहयोग गरेको होे । केही दिन अघि सडक दुर्घटनामा परेर जनसरोकार पोष्ट दैनिकका पत्रकार ऐरी घाईते भएका थिए ।

नेपाल पत्रकार महासंघ शाखा सदस्य एव प्रेस सेन्टर जिल्ला सहसचिव समेत रहेका पत्रकार ऐरलाई प्रेस सेन्टर नेपाल कञ्चनपुर शाखाले घाईते पत्रकारको औषधी उपचारका लागि टेवा पु¥याउने उदेश्यले आर्थिक सहयोग गरेको जनाएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले मंगलबार एक कार्यक्रमका विच  घाईते पत्रकार ऐरीलाई औषधी खरिदका  लागि खर्च दिएको बताए ।

अध्यक्ष भट्टले दुर्घटना जस्तो गम्भिर विषयमा  सेन्टरले स्वास्थ्य लाभको कामना सहित उपचारका  लागि खर्च दिएको बताए । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थी, अध्यक्ष अरुण प्रशाद भट्ट, उपाध्यक्ष भाष्कर केसी, सचिव हेमा भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, वाईसियल नेपालका जिल्ला संयोजक तिलक जप्रेस सहितका सेन्टरकर्मी, पत्रकारको उपस्थिति रहेको थियो । 

अन्तिम अध्यावधिक: ३१ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस