कति पुग्यो 'सितारे जमीन पर' को विश्वव्यापी कमाइ?

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • १ साउन २०८२ (३ दिन अघि)
  • ५२

आमिर खान र जेनेलिया देशमुखको फिल्म 'सितारे जमीन पर' ले भारतमा १ सय ६२ करोड ९ लाख भारतीय रूपैयाँ नेट कमाइ गरेको छ। 

फिल्मले २६ दिनमा मंगलबारसम्म उक्त कमाइ गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको ग्रस कमाइ १ सय ९२ करोड ५० लाख भारतीय रूपैयाँ छ। त्यस्तै, फिल्मको विश्वव्यापी कमाइ २ सय ५७ करोड ५० लाख भारू पुगेको छ। 

आरएस प्रसन्नद्वारा निर्देशित यो फिल्मले प्रदर्शनको ९ दिनमा भारतमा सय करोडको आँकडा पार गरेको थियो।

रिलिजको पहिलो दिन १० करोड ७० लाख कमाइ गरेको फिल्मले दोस्रो दिन २० करोड २० लाख कमाएको थियो।

जुन २० मा रिलिज फिल्मले पहिलो साता ८८ करोड ९० लाख कमाइ गरेको थियो।  

आमिर खान प्रोडक्सनको यो 'स्पोर्टस कमेडी ड्रामा' नेपालका हलमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा भने फिल्म ६ दिनपछि रिलिज भएको थियो।

अन्तिम अध्यावधिक: १ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस