भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा बितेका ६ वर्षको तुलनामा सबैभन्दा बढी खर्च गरेको जनाएको छ । एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवं उपलब्धिहरूबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको जनाइएको हो ।
हुम्ला जिल्लासमेत गरी सबै जिल्लाहरूमा राष्ट्रिय सडक सञ्जल पुर्याइएको, नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा, सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु भएको, ग्वार्को ओभर पास सञ्चालनमा ल्याइएको, त्रिदेशीय करिडोरका रूपमा रहेको किमाथांकासम्म ट्रयाक खुला गरिएको ६ वर्षयताकै उच्च पुँजीगत खर्च भएको लगायतका विषय एक वर्षको उपलब्धिका रुपमा समेटिएका छन्।