ट्रेण्डिङ

डब्लूएचओको नयाँ ‘महामारी नियम’ अमेरिकाद्वारा अस्वीकार

होमपेज / अन्तर्राष्ट्रिय /
  • रेडियो सुदूर सञ्चार
  • ४ साउन २०८२ (१ महिना अघि)
  • १३९

अमेरिकी सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अघिल्लो वर्ष पारित गरेको ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरेको छ । देशको संप्रभुतामा हस्तक्षेप गर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शंसोधन अस्विकार गरेको समाचारसंस्था एएफपीले जनाएको छ ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लूएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया शुरु गर्नुभएको थियो । अमेरिका सदस्य नरहे पनि अघिल्लो वर्ष पारित भएका नियमहरू बाध्यकारी बन्न सक्ने भएपछि शंसोधन अस्वीकार गरेको परराष्ट्र मन्त्री मार्को रुबियो र स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले निकाल्नुभएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

नयाँ नियमले अमेरिकाको आफ्नै स्वास्थ्य नीति बनाउने अधिकार, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्न सक्ने विज्ञप्तीमा उल्लेख छ । तर डब्लूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेसेअसले अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्दै ती शंसोधनले कुनै पनि देशमा लकडाउन वा यस्तै उपायहरू जबर्जस्ती लाद्न नसक्ने बताउनुभयो । 

अन्तिम अध्यावधिक: ४ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस