२० वर्षदेखि बनहरा पुलमुनि २८ परिवार : चुनावमा आश्वासन, अरु बेला बेवास्ता

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ साउन २०८२ (२ दिन अघि)
  • ३०१

कञ्चनपुर -

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुल मुनी बिताउदै आएका छन्। डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थालेका हुन्। सम्पत्तिका नाममा केही छैन। गरिखान मजदुरी गर्न कहिले मिल्छ, कहिले मिल्दैन। बोहराले दुःखेसो गर्दै भने यो पुल मुनि ओत लागेर बस्न थालेको २० वर्ष भएको बताए।

बोहरा मात्रै होइनन्, २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन्। यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन्। बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रूपमा बस्ने ठाउँ बनाएको बोहराले बताए। हिउँदमा जेनतेन दिन बित्छ। तर, वर्षादको समय निकै कष्टपूर्ण हुन्उ नले भने,बाढी आउने डरले राजमार्गको अग्लो स्थानमा पाल टाँगेर बसेका छौँ।

उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि सरकारले आफूहरूको सुरक्षित बासको व्यवस्था गर्न नसकेको बताए । वर्षादमा बाढीको डर, जङ्गली जनावरको र सर्पको डरैडरमा बस्नुपरेको छ, बालबच्चा जोगाउनै मुस्किल छ। उनले भने, गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले त्यो महसुस गरेका छैनौँ। राजमार्ग छेउमै टहरा बनाएर बस्नुभएका लक्ष्मण विष्टको अवस्था उस्तै छ। राजमार्गमा सङ्घीयदेखि स्थानीय तहका जिम्मेवार पदाधिकारी गाडीमा ओहरदोहर गरिरहन्छन् । हाम्रो पीडा कसैले बुझदैनन विष्टले भन, वडा र नगरपालिकामा हामीलाई सुरक्षित बासको व्यवस्था गरिदेउ भन्छौँ कसैले सुन्दैनन्। उनले सरकारले आफूहरूको सुरक्षित स्थानमा बस्ने व्यवस्थापन गरिदिए मजदुरी गरेर जीविकोपार्जन गर्ने बताए।

अन्तिम अध्यावधिक: ५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस