कोरोना सङ्क्रमणबाट एक महिलाको मृ*त्यु

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ साउन २०८२ (२ दिन अघि)
  • २२७

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो । आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खीमबहादुर खड्काले जानकारी दिनुभयो ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर आठ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

अन्तिम अध्यावधिक: ५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस