हरिलाल जोशी / पुनर्वास, कञ्चनपुर -
कञ्चनपुर र कैलालीका भारतीय सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका तस्करीका गतिविधि भइरहने कुरा कुनै नाैलाे हाेइन्।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि आठ वटा वडाहरू भारतीय सीमासँग जोडिएका छन् । पुनर्वास नगरपालिका ४ को आपताल र पुनर्वास ६ काे खुला सीमाक्षेत्र भारतीय सामान ओसार-पसार गर्ने नाकाका रुपमा लिन सकिन्छ।
यी नाकाहरूबाट तस्करहरूलाई विभिन्न समय तोकी तस्करी गराउनका लागी सुरक्षाकर्मी नै सक्रिय रहने गरेको त्यहाँका स्थानीयकाे गुनासो छ ।
तर सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउँदै गरेका मालसमानमा भने नियन्त्रण गर्ने गरेको उनीहरूको दुखेसो छ।
पुनर्वास बीओपीमा आजभन्दा चार महिना पहिले इन्सपेक्टर नवराज शाहीले नेतृत्व सम्हाले । नेतृत्व सम्हालेको केही समय उहाँको सक्रियता निकै राम्रो देखियो । उनले थुप्रै अवैध मालसामान नियन्त्रण गरी भन्सार पनि बुझाए ।
नेतृत्वको एक महिना पुरा नहुँदै महिनौ भरि मालसामान भारतबाट ओसार पसार गर्ने एक तस्करको अवैध माल सहित एक थान नेपाली मोटरसाइकल नियन्त्रणमा लिन सफल भए ।
एक दुई दिनपछि बीओपीमा राखिएको उक्त मोटरसाइकल व्यवहारिकता देखाउँदै गुपचुपमा सशस्त्रका इन्सपेक्टर शाहीले छाडेको स्रोतको भनाइ छ । उनले चार महिने अवधिमा कसैलाई कार्वाही त कसैलाई छुट(संरक्षण)गर्ने गरेको स्थानीय बताउँछन्।
कहिले-काहीँ शाहीले आफ्नै ड्युटीमा खटिएका जवानबाट तस्कर भगाउन लगाई माल सामान बेवारिसे नियन्त्रण भन्दै आफ्नो माथिल्लो निकायलाई सूचना दिने जस्ता गतिविधि गर्ने गरेको विश्वखाेज अनलाइन स्रोतको दावी छ ।
#विश्व खाेज डटकमबाट