धनगढी, कैलाली - डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव अख्तियारको फन्दामा परेका छन् ।
अधिकृत यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले घुससहित सोमबार नियन्त्रणमा लिएको हाे।
कैलालीको चुरे गाउँपालिका- ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको अ.दु.अ.आ का प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।