लालझाँडीमा परपुरुषसँग मिलेर श्रीमानको ह*त्या

होमपेज / घटना /
मृतक रानाको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालियो
लालझाँडीमा परपुरुषसँग मिलेर श्रीमानको ह*त्या
  • रेडियो सुदूर सञ्चार
  • ७ साउन २०८२ (१० महिना अघि)
  • ८१२

कञ्चनपुर -

कञ्चनपुरको लालझाडी गाउँपालिका-४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाको हत्या भएको खुलेको छ। घर नजिकै सडक छेउमा वैशाख १७ गते साइकलसहित मृत फेला परेका रानाको उनकी श्रीमतीका प्रेमीले हत्या गरेको खुलेको हो।

शव फेला परेपछि राना वैशाख १६ गते साँझ खाना खाएर घरबाट गएर नफर्किएको भनिएको थियो। तर, प्रहरी अनुसन्धानले भने उनको वैशाख १६ गते साँझ हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी नगरपालिका–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले उक्त घटना भएको हो। वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो।

श्रीमान–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले राम रेसर माथि प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको हो। शव फाल्न पुन्ना रानालाई माया राना र स्थानीय मानमती चौधरी रानाले सहयोग गरेका थिए। तिनै जनाले आरोप स्वीकार गरेपछि असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाए आदेश दिएको थियो।

मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ। मृतक राना भारतमा मजदुरी गर्दै आएका थिए। मृतक रानाका एक छोरा र दुई छोरी छन् । 

अन्तिम अध्यावधिक: ७ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस