कञ्चनपुरको श्री कृष्ण सामुदायिक वनद्वारा औषधी सहयोग

होमपेज / समाचार /
आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई २५ हजार मूल्य बराबरको औषधि सहयोग
  • रेडियो सुदूर सञ्चार
  • ७ साउन २०८२ (१७ घण्टा अघि)
  • १०३

कञ्चनपुर - 

श्री कृष्ण सामुदायिक वनले आधारभुत स्वास्थ्य सेवा केन्द्र दिपनगरलाई औषधी सहयोग गरेको छ। शुक्लाफाँटा नगरपालिका ११ मा रहेको श्रीकृष्ण सामुदायिक वनले मङ्गलबार आधारभूत स्वास्थ्य सेवा केन्द्र दिपनगरलाई २५ हजार मूल्य बराबरका औषधिहरू सहयोग गरेको छ।

श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐरले शुक्लाफाँटा नगरपालिका ११ मा रहेको  आधारभूत स्वास्थ्य सेवा केन्द दिपनगरलाई आवश्यक औषधिहरू हस्तान्तरण गरेका छन्। सामुदायिक वनले आफ्नो कार्यक्षेत्रभित्र विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको छ।

यसअघि सामुदायिक वनले अति विपन्न परिवारलाई निःशुल्क कार्ड दाउरा वितरण तथा आर्थिक सहायता प्रदान गर्नुका साथै युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण लगायतका कार्यक्रमहरू गर्दै आएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द दिपनगरमा आवश्यक रहेको औषधिहरू स्थानीयहरूको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको वनका अध्यक्ष अमरबहादुर ऐरले बताए। 

दिपनगरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्दका प्रमुख कृष्ण जोशी, कार्यवाहक वडा अध्यक्ष जयसिंह राना,वशन्त सामुदायिक वनका अध्यक्ष रनसिंह सुनार लगाएत स्थानीयहरूको सहभागितामा सामुदायिक वनले औषधि सहयोग हस्तान्तरण गरेको छ। यस्तैगरी सामुदायिक वनले केही दिनअघि क्यान्सरबाट मृत्यु भएका आफ्ना वनका सदस्यका परिवारजनलाई ५ हजार क्रिया खर्चबापत सहयोग गरेको छ ।

अन्तिम अध्यावधिक: ७ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस