एउटै डोरीमा दुई दिदीबहिनीको श*व फेला

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ८ साउन २०८२ (२ दिन अघि)
  • २८२

भक्तपुरमा दुई जना दिदीबहिनीको शव एउटै डाेरीमा पासाे लागेको अवस्थामा फेला परेको छ। बिहिवार बिहान सेल्फी फोटो खिचे र टिकटकमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ बोलको गीतमा राखे अनि अफलाइन भए ।

भक्तपुरको बोडे, सिन्टिटार स्थितमा दुई तले घरको भुईँ तलामा बस्दै आएका  १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल यि दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ ।

मोबाइललाई सेल्फीमोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेको केहीबेरमै उनीहरू अफलाइन भएका थियो । उक्त भिडिओमा राखिएको गीत छ- मरेर गए नि नतोडिने बन्धन माया हो ।’

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भेटिएको थियो । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।

उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी हुन् । बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन् । काठमाडौंको कलंकीमा आन्टी बस्छिन् । प्रहरीले परिवारलाई खबर गरेपछि भारतबाट बाबुआमा नेपाल फर्किंदैछन् । मृतकहरूकी कान्छीआमा भर्खरै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

शव बुझ्न बोडे पुगेकी कान्छीआमाले मृतकका बुबा भारतबाट काठमाडौं आउनका लागि जहाज चढिसकेको प्रहरीलाई बताएकी छन् । दिदीबहिनी भारतबाट भागेर नेपाल आएको उनले प्रहरीलाई भनिन् ।

दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियाबाट मानिस हराएको सूचना गरिएको थियो । उनीहरू भागेर काठमाडौं आएका छन् भन्ने कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै थाहा भएको ती कान्छीआमाले प्रहरीलाई बताइन् । उनीहरूको साथमा मोबाइल भए पनि कहाँ, कसरी बसेको भन्नेबारे परिवारलाई केही नभनेको उनको भनाइ छ ।

आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर हालेका थिए । त्यही आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबाले कलंकीमा रहेकी आन्टीलाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।

प्रहरीले उनीहरू मृत फेला पर्नासाथ पहिचान खुलाउने क्रममा मोबाइल हेरेको थियो । त्यसबाट आवश्यक सम्पर्क नम्बर पत्ता लागेपछि अहिले उक्त मोबाइल सिल गरेर राखिएको भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

भारत भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ।

अन्तिम अध्यावधिक: ८ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस